
सोमवार कैलाली र कञ्चनपुरका थप ७४ जनामा कोरोना पुष्टि भएको छ । सेती पदेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा चार सय ४५ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ७१ र कञ्चनपुरका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीको लम्की चुहा नगरपालिकाका मात्रै ६३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनीहरु सबै पुरुष छन सूचना अधिकारी श्रेष्ठले धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का चार जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर १३ का एक जना र घोडाघोडी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको बताए ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
