
धनगढीको मेनरोडमा ईलेक्ट्रोनिक व्यवसाय गर्दै आएका व्यापारीलाई कोरोना पुष्टि भएको छ।

मेनरोडको साल्ट ट्रेडिङ कर्पोरेशन नजिकै ईलेक्ट्रोनिक व्यवसाय गर्दै आएका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४० वर्षीय व्यापारीलाई कोरोना पुष्टि भएको हो।
अहिले उनी होम आईसोलेसनमा बसेका छन्।
