
डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय ९० जनाको परीक्षण गरिएकोमा १० जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए।

भुसालका अनुसार डडेल्धुराका एक र बझाङका ९ जनामा संक्रमण पुष्टि भएको हो। डडेल्धुराको अमरगढी नगरपालिकाका एक जना, बझाङको दुर्गाथली गाउँपालिकाका तीन जना, मष्ठा गाउँपालिकाका तीन जना, जयपृथ्वी नगरपालिकाका दुई जना र तल्कोट गाउँपालिकाका एक जना संक्रमित थपिएको प्रयोगशाला ईन्चार्ज भुसालले बताए।
