कैलालीमा हत्या गरि फरार भएका एक जना पक्राउ
 
crime

कैलालीमा धारिलो हतियारले युवकको हत्यागरी फरार भएका एक जना पक्राउ परेका छन ।कैलारी गाउँपालिका –५ का ४८ वषीर्य पुरणप्रसाद कुमाल लाई कैलाली प्रहरीले सोमवार प्रक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार २०६१ सालको कार्तिक ७ गते सोही ठाउँकै २३ वर्षीय रामबहादुर कुमालको हत्या गरी उनी फरार भएका थिए ।

घरमा सुतिरहेकोे बेलामा धारिलो हतियार प्रहार गरी हत्या गरे पछि कुमाललाई पुर्पक्षका लागि कारागार पठाइएको थियो । २०६१ साल माघ १० गते उनी कारागारबाट फरार भएका थिए । उनलाई २०६५ साल जेठ २० गते कैलाली जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

कारागारबाट फरार भएका कुमाललाई सोमबार घरबाटै पक्राउ गरी कैलाली जिल्ला अदालतमा उपस्थित गराइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।