
कैलालीमा अवैध काठसहित ५ जना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिकामा अवैध सालको गोलियासहित जालुराम चौधरी, भिट्टु डगौरा, अशोक चौधरी, प्रदेसी चौधरी र भिसराम चौधरीलाई पक्राउ परेका हुन।

काठ चिरानका मुख्य नाइके भनिने वीरबहादुर मल्ल भने फरार रहेको सवडिभिजन वन कार्यालय सुखडका प्रमुख समिर थापाले बताए।
सव डिभिजन वन कार्यालय सुखडबाट गएको टोलीले चिरान गरिहेको ५.७८ क्युफिट सालको ९ थान कडी बरामद गरेको थियो।
