
फुडशिल गाउँपालिकामा बाघले आतंक मच्चाएको छ। बाघले स्थानीयका घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेको छ।

त्यसैक्रममा शुक्रवार राति गाउँपालिकाको वडा नम्बर ६ पलाडीमा बाघले स्थानीय दिलबहादुर बोगटीको खोरमा रहेका १६ वटा बाख्रा मारेको छ। उक्त खोरबाट तीन बाख्रा बेपत्ता भएको बोगटीले बताए।
