महाकाली अस्पतालमा आइसियू सेवा सञ्चालनको तयारी
 
corona

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमकै उपप्रादेशिक अस्पतालका रुपमा रहेको महाकाली अस्पतालले  सघन उपचार सेवा (आइसियू) सञ्चालनमा ल्याएको  छ।  अस्पताल स्थापनाको भएको झण्डै ५९ वर्षपछि आइसियू सेवा सञ्चालनमा आउन लागेको हो ।

यसै भदौ अन्तिम  देखि पुर्णरुपमा आइसियू सञ्चालनको तयारी भइरहेको महाकाली अस्पतालले  जनाएको छ ।अस्थायी ओक्सिजन जडान गरेर आइसियू सञ्चालन गर्ने तयारी भैसकेको र भदौँ १५ गते आइसियूको औपचारिक उद्घाटन कार्यक्रम तय भएको छ।

आइसियू उपकरण जडान भएर पनि जनशक्ति अभावमा वषौँ देखी अस्पतालमा आइसियू सञ्चालमा आउन सकेको थिएन । जिल्लाका नागरिक अगुवा, अस्पताल व्यवस्थापनको पहलमा अस्पतालको इतिहासमा नै सबैभन्दा ठूलो सेवा प्रदान गर्न अन्तिम कसरत भइरहेको महाकाली अस्पताल व्यवस्थापन समिति सदस्य किरण भट्टले बताए ।


बिगतमा बिशेषज्ञ डाक्टरको अभावमा भएकाले रिफर सेन्टरका रुपमा रहेको महाकाली अस्पतालले नयाँ व्यवस्थापन समिति पाएसंगै विकासको अग्रपंक्तिमा छ । आइसियूका लागि अब धनगढी लगायत अन्यन्त्र जानुपर्ने बाध्यता हटेको छ। महेन्द्रनगरमै आइसियू सेवा सञ्चालनमा आउन लागेपछि महेन्द्रनगरबासि लगायत स्थानीयहरु खुसि भएका छन् ।