
नेपालको सुदूरपश्चिम प्रदेशमा गौरा पर्व विशेष उल्लासका साथ मनाइन्छ । महिलाहरूले गौरादेवीको अर्थात शिव र पावतीको प्रतिमालाई टाउको राखेर नाच्ने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् ।


पछिल्ला वर्षहरुमा काठमाडौंकै टुँडिखेलमा धुमधामका साथ मनाउने गरिएको गौरा पर्व यसपाली भने कोरोनाका कारण टुँडिखेलमा मनाइएन । काठमाण्डौंमा बस्दै आएका सुदुरपश्चिमेली महिलाहरुले घरको छतमा गौरा नचाएर मनाएका छन् ।