
पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन प्रयोगशालामा एक हजार ७ सय २२ जनाको कोरोना भाइरस संक्रमण परीक्षण भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ९८१ जना, डडेल्धुरा अस्पतालमा ६५० जना र डोटी अस्पतालमा ९१ जनाको कोरोना परीक्षण भएको बताइएको छ। सुदूरपश्चिमा हालसम्म ५६ हजार बढीको कोरोना परीक्षण भएको प्रदेशको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
