मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत किसानलाई कृषि यन्त्र वितरण 
 
upakaran

सुदूरपश्चिम सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत किसानले विभिन्न कृषि यन्त्र तथा उपकरणहरु अनुदानमा पाउन थालेका छन् ।

कैलाली स्थित कैलारी गाउँपालिकाको वडा नम्बर ७ मा रहेको हरियाली गहुँ पकेट क्षेत्रका किसानलाई अनुदानमा कृषि यन्त्र र उपकरण प्रदान गरिएको छ ।मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा किसानलाई कृषि यन्त्र र उपकरण प्रदान गरेको हो ।

upakaran

यन्त्र र उपकरणमा किसानको ५० प्रतिशत लगानी रहेको छ । एक कार्यक्रमका बीच हरियाली गहुँ पकेट सञ्चालन समिति मार्फत किसानलाई सो कृषि यन्त्र र उपकरण वितरण गरिएको छ । किसानलाई २१ वटा पावर टिलर, २० वटा रिपर र दुई वटा सीड ड्रिल वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले किसानलाई कृषि यन्त्र र उपकरण हस्तान्तरण गरेको कृषि ज्ञान केन्द्रका भूमिराज उपाध्यायले बताए ।