
अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। खोला तर्ने क्रममा पन्चदेवल विनायक नगरपालिका –९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र ७ वर्षीय छोरा हेमन्त बोहरा रहेका छन्।

आमाको वार्षिक तिथिमा अछामको पञ्चदेवल विनायक नगरपालिका–९ तानकोटबाट माइत आएकी ३३ वर्षीया देवा बोहोरा सहित उनका तीन छोराछोरीलाई खोलाले बगाउँदा मृत्यु भएको हो। उनी अछामबाट तीन छोराछोरी सहित आमाको तिथि मान्न कालिकोट आएकी थिइन्।
