
खेतमा जमेर बनेको तालमा पौडि खेल्ने क्रममा डुबेर कैलालीमा एक जनाको मृत्यु भएको छ।जिल्लाको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा डुबेर १६ बर्षका ममिर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शनिबार दिउसो साथीहरुसंग तालमा पौडी खेल्न गएका किशोरको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए । किशोरको उद्धार गरेर उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेको उनले बताए ।
