 
विप्लव नेतृत्वको (नेपाल कम्युनिष्ट पार्टी) अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की सेती–महाकाली संयोजक पुर्णीमा धामी रिहा भएकी छिन्।
 
 जिल्ला अदालत डडेल्धुराको आदेशमा नेतृ धामी बुधवार रिहा भएकी हुन् । उनीलाई अदालतले १५ हजार धरौटी माग गरेको थियो । धरौटी बुझाएपछि उनी रिहा भएकी हुन्।
मंगलवार मात्रै जिल्ला अदालत कैलालीले साधारण तारेखमा रिहा गरेलगतै उनलाई प्रहरीले पुनः गिरफ्तार गरी डडेल्धुरा पुर्याएको थियो।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
