
अविरल बर्षाका कारण कैलालीको धनगढी उप महानगरपालिकाका अधिकांश भाग डुबानमा परेका छन् । खोलानाला अतिक्रमणको चपेटामा परेपछि धनगढीमा डुबानको समस्या बढ्दै गएको छ ।


धनगढीमा सडको पानी निकासका लागि बनाईएका नाली समेत काम नलाग्ने भएका छन् । ती नालीले सडकको पानी समेत थेग्न सकेका छैनन् भने पानी निकास हुने नाला र कुलोमा धनगढी उप–महानगरपालिका लगायतका सरकारी निकायले नै सडक बनाएका छन् ।