
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय जनता माविमा वृक्षारोपण गरिएको हो । विद्यालयको प्रागंणमा विभिन्न किसिमका ६० वटा विरुवा रोपिएका हुन् ।


राजपुर युवा क्लब र जिल्ला डिभिजन वन कार्यालयको सहकार्यमा धनगढी उपमहानगरपालिकाको ग्रीन क्लिन धनगढी अभियान अन्तर्गत वृक्षारोपण गरिएको हो ।