
डडेल्धुरामा श्वासप्रश्वासमा समस्यामा देखिएपछि उपचारका लागि घनगढी ल्याउँदै गर्दा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृत्यु पश्चात सेती अस्पतालको प्रयोगशालामा उनको स्वाब संकलनगरी कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ की अन्दाजी ३८ वर्षीया महिला श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना भएकी थिइन्। तर डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी महिलाको सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
ती महिला धनगढी उप–महानगरपालिका वडा नम्बर ४ मा बस्दै आएको बुझिएको प्रहरीले जनाएको छ । कोरोनाका कारण उनी डडेल्धुरा गएकी थिइन् ।
