
अछाममा अज्ञात रोगका कारण दुई भैँसी सहित सात पशु चौपाया मरेका छन्। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ मा अज्ञात रोगका कारण दुई भैँसी र पाँच बाख्रा मरेका हुन्।

स्थानीय नन्द सिह बोहराका तीन बाख्रा, रुपा बोहराका दुई बाख्रा र नरेश बोहराका दुई भैँसी मरेका हुन्। घाँसपानी नखाने र पेट फूल्ने समस्या देखिएर पशुचौपाया मरेको स्थानीयले बताएका छन्।
