
कञ्चनपुरमा गत आर्थिक वर्षमा विपद्बाट ११ जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालयले गत आर्थिक बर्ष २०७६/०७७ मा ११ जनाको मृत्यु भएको जानकारी दिएको हो।

आगलागीबाट तीन जना, जंगली जनावरको आक्रमणबाट तीन जना, सर्पदंशबाट तीन जना र डुबानबाट दुई जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले बताए।
जिल्ला विपद् व्यवस्थापन समितिले गत वर्ष विपदमा परेका २५ परिवारलाई राहत वितरण गरेको जनाएको छ। प्रति परिवारलाई एक/एक लाख राहत दिइएको हो। यस्तै जिल्लामा सडक दुर्घटनामा परेर गत आर्थिक वर्षमा ३२ जनाको मृत्यु भएको छ।
