 
सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी र डडेल्धुरा प्रयोगशालामा ५ सय ६४ जनाको कोरोना परीक्षण भएकोमा ५ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप दुई जनामा संक्रमण पुष्टि भएको छ।
 
 पछिल्लो २४ घण्टामा तीन सय ७५ जनाको कोरोना परीक्षण भएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का २९ बर्षीय पुरुष र अछामको साँफेवगर नगरपालिकाका २७ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।
उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज तीन जनामा संक्रमण पुष्टि भएको छ। २४ घण्टामा एक सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा तीन जनाको रिपोर्ट पोजेटिभ र एक सय ८६ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रयोगशाला ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए।
 
 उनका अनुसार डोटीको सायल गाउँपालिका –१ का २८ वर्षीय पुरुष र १० वर्षीय बालिका गरी दुई जना र बैतडीको मेलौली नगरपालिका –७ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। आज पाँच जनाा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ८६ पुगेको छ।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
