
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाशकुमार चन्दले लकडाउनले सवै क्षेत्रमा प्रभाव पारिरहेका वेला खेलकुद क्षेत्र पनि यसको चपेटामा परेको बताएका छन् ।

लामो समयदेखि खेलाडीहरुले नियमित अभ्यास र प्रशिक्षण गर्न नपाएकोले यसले खेलकुद क्षेत्रलाई दुरगामी असर पार्ने चन्दले बताए ।
खबरकुञ्जसँग कुराकानी गर्दै उनले खेलकुद क्षेत्रलाई अवका दिनमा कसरी अघि बढाउने भन्ने विषयमा खेलकुद सम्बद्ध कार्यालय संघ संस्था स्थानीय प्रदेश र संघीय सरकारले पहल गर्नुपर्ने बताए ।
