मोहना नदीमा पौडी खेल्दा बेपत्ता भएका दुई बालकको खोजी जारी
 
death

धनगढी उपमहानगरपालिका १३ श्रीलंका टापु स्थित मोहना नदिमा पौडी खेल्ने क्रममा आइतबार बेपत्ता भएका दुई बालक अझै फेला परेका छैनन ।

मोहना नदिमा पौडी खेल्न गएका सोहि ठाउँका हरि प्रसाद चौधरीका छोरा १२ बर्षका अरुण चौधरी  र राम बहादुर चौधरीका छोरा १५ बर्षका संदिप चौधरी  डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए । 

बेपत्ता दुबै जनाको नेपाल प्रहरी, रेडक्रसकर्मी र स्थानीय मिलेर खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए ।