
सुदूरपश्चिम प्रदेशबाट सवारी साधन आवतजावत गर्ने एक मात्र सडक हो अत्तरिया–चिसापानी सडक खण्ड । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने अत्तरिया–चिसापानी सडक खण्डमा पछिल्लो समय सडकको अवस्था वेहाल भएको छ । जस कारण अत्यधिक दुर्घटना भइरहेका छन् ।


मर्मतको अभावमा सो सडक खण्डमा मिटर मिटरको दुरीमा सयौ खाल्डाखुल्डीहरु परेका छन् । सडक डिभिजन कार्यालयले मर्मत सम्भारमा ध्यान नदिदा सडक खण्डको अवस्था वेहाल वनेको हो ।