 
डडेल्धुरामा आफ्नै छोरी बलात्कार गर्ने बुवा पक्राउ परेका छन् । परशुराम नगरपालिका–१ का बुुवाले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
 
 आमाले छोरी बलात्कृत भएको जाहेरीका आधारमा बुवालाई पक्राउ गरिएको प्रवक्ता प्रहरी निरीक्षक विरेन्द्रबहादुर बोहराले बताए । पक्राउ परेका उनीमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता कैलालीको घोडाघोडीमा बलात्कारको आरोपमा फरार रहेकालाई अझै पक्राउ नगरेको भन्दै प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल, घोडाघोडी नगर कमिटी तथा अनेरास्ववियू जिल्ला कमिटी कैलालीको संयुक्त आयोजनामा सुखडमा बलात्कारको आरोपमा फरार रहेकालाई पक्राउ तथा नगरपालिकाको गाडीमा आगजनी गर्नेलाई पक्राउको माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।
 
 
 लिटिल चोकबाट सुरु गरिएको प्रदर्शन सुखड चोकमा कोणसभामा परिणत भएको थियो ।
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
