
बैतडीमा बलात्कार आरोपमा पक्राउ परेका एक थुनुवामा कोरोना संक्रमण भेटिएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका १० का ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। उनी अहिले बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा छन्।

स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार उनीसहित सोमबार बैतडीमा थप सात जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ६ जना र पुर्चौंडी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको उनले बताए।
७ जना मध्ये एक जना सुत्केरी महिला समेत रहेको भट्टले बताए। पाटन नगरपालिकाकी ती सुत्केरीले आइतबार मात्रै बच्चा जन्माएकी थिइन्।
