
कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय पुलसिंह कस्यपको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै वेल्डिङ पसलमा काम गर्ने क्रममा उनलाई करेन्ट लागेको मालाखेती प्रहरीका डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।
करेन्ट लागेर घाइते भएका पुलसिंहको पदमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
