
खेलाडीको बिमाका लागि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले २० हजार सहयोग गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीले थालेको खेलाडीहरुको कोरोना बिमा अभियान अन्तर्गत संघका केन्द्रिय अध्यक्ष श्रेष्ठले नगद २० हजार सहयोग गरेका हुन् ।

यस्तै यो अभियानलाई कृष्णपुरनगरपालिका २ घर भएर हाल कामको सिलसिलामा दुबईमा काम गर्दै आइरहेका अन्तर्राष्ट्रिय कराते खेलाडी दिनेश सिंह ऐरीले पनि सहयोग गरेका छन् । उनले नगद साच हजार पाँच सय सहयोग गरेका हुन् ।
