नयाँ आर्थिक बर्षमा अख्तियारको पहिलो स्टिङ अप्रेशनः लम्की चुहा नगरपालिकामा छापा 
 
aktiyar

गत आर्थिक बर्षमा १२ वटा स्टिङ अप्रेशन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयले नयाँ आर्थिक बर्ष सुरु भएसँगै छापा हान्ने कामलाई तिव्रता दिएको छ । वुधवार मात्रै कैलालीको लम्कीचुहा नगरपालिकामा अख्तियारले छापा हानेको हो ।

गत आर्थिक वर्षको मिति राखेर पालिकाका कर्मचारीले आवास गृहमै कानून विपरीत चेक काटेको समाचार सञ्चार माध्यममा प्रकाशन र प्रशारण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले छापा हानेको हो ।

2

अख्तियार कञ्चनपुरका प्रमुख खगेन्द्र रिजालले आर्थिक बर्ष सकिए पूरानो मिति राखेर भुक्तानी भईरहेको उजुरी आएपछि टोली लम्की चुहा पठाएर अख्तियारको टोलीले नगरपालिकाका कागजात समेत नियन्त्रणमा लिएको छ । नयाँ आव २०७७÷०७८ सुरु भईसके पनि कानून विपरीत लम्की चुहाका कर्मचारी आवास गृहमै बसेर चेक काटिरहेको पाइएको थियो । 

नगरपालिकाका लेखा अधिकृत धर्मराज उपाध्याय, लेखापाल सरोजकुमार चौधरी लगायत कर्मचारी आवास गृहमा बसेर चेक काटिरहेको अवस्थामा फेला परेका थिए ।

यो पनि पढ्नुहोस्

अख्तियारको स्टिङग अपरेशनः २१ जना रंगेहात पक्राउ, साढे १३ लाख ७० हजार नगद बरामद