अख्तियारको स्टिङग अपरेशनः २१ जना रंगेहात पक्राउ, साढे १३ लाख ७० हजार नगद बरामद
 
opration

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयले पछिल्लो एक बर्षमा गरिएको १२ वटा स्टिङग अपरेशनमा सफलता पाएको छ ।  ती अप्रेशसनमा २१ जनालाई नगद सहित रंगेहात समातिएको हो । उनीहरुबाट नगद १३ लाख ७० हजार एक सय रुपैयाँ समेत बरामद गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयका शाखा अधिकृत हरिश जोशीले जानकारी दिए । 

1

2

अख्तियारका अनुसार आर्थिक बर्ष २०७६÷७७ मा मालपोत कार्यालय टीकापुरका नासु सिंहवहादुर सिंह र खरिदा नरराज पाण्डेयलाई लालपुर्जाको प्रतिलिपी बनाए बपत ८ हजार घुस सहित पक्राउ परेको पहिलो स्टिङ«ग अप्रेशसन थियो । यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गम्भीर सिंह, अकिृत भुपन जोशी र जयराज कारिगर मारुती सुजुकी कार नामसारी गरि दिए वापत एक लाख ६६ हजार एक सय रुपैया बरामद भएको थियो । सब डिभिजन वन कार्यालय विपीनगरका वन अधिकृत सुरेश चन्द्र डिसी छुटपुर्जी सिफारिस सहज गराई दिए वापत तीन लाख २६ हजार घुस लिएको अवस्थामा समातिए । 

1

2

अख्तियारका अनुसार शसस्त्र प्रहरी बल भजनीका घुमुवा शसस्त्र प्रहरी सहायक हवल्दार ज्ञानवहादुर चौधरी र रतिराम चौधरी मालसामान आउन दिए वापत २० हजार घुस सहित अख्तियारको फन्दामा परे भने ईलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी जवान दिपक चौधरी पनि ५ हजार घुस लिदैं गर्दा पक्राउ परे । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाई धनगढीका ईन्जिनियर त्रिलोक जोशी भवन निर्माणको ठेक्का सम्झौता र म्याद थप लगायतका काम गर दिए वापत दुई लाख ५० हजार सहित समातिएको अख्तियारका शाखा अधिकृत जोशीले बताए । मालपोत कार्यालय कञ्चनपुरका खरिदार ललिता रोकाया जग्गा नामसारी गरे वापत एक लाख ५० हजार सहित रंगेहात समातिईन् । 

सिद्धार्थ सामुदायिक वनका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष प्रेम सिंह वनको खोलाबाट ट्याक्टरबाट माटो हाल्दा एक लाख ६० हजार रकम सहित समातिए । जलस्रोत तथा सिंचाई विभाग डिभिजन कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख ईन्जिनियर सुरेशराज भट्ट चमेलिया कानीखोला तटबन्ध नियन्त्रण निर्माण कार्यको सम्झौता गर्न एक लाख सहित फन्दामा परे । 

ईलाका प्रहरी कार्यालय मसुरीयाका प्रहरी नायव निरिक्षक दिलवहादुर महरा र विचौलिया सामुदायिक वनका अध्यक्ष बृखवहादुर धामी एक स्थानीय दम्पतिको घरायसी झगडा मिलाउने भन्दै लिईएको ५० हजार नगद सहित समातिएको अख्तियारको तथ्यांकमा उल्लेख गरिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्की र कानुन व्यवसायी हिमालय विष्ट झुटा मुद्धा लगाएर थुनामा राखेकोलाई छुटाउने भन्दै लिएको ५० हजार सहित समातिए ।

गत आर्थिक बर्षको असार अन्तिमतिर जोशीपुर गाउँपालिकाका नासु सिद्धराज जोशी तालिम सञ्चालन गरे वापत भुक्तानी दिने क्रममा ८५ हजार घुस सहित समातिएको सुचना अधिकारी समेत रहेका शाखा अधिकृत जोशीले जानकारी दिए ।  आयोगले स्टिङ्ग अपरेशनको प्रगतिमा ठूलो सफलता प्राप्त गरेको जनाएको छ । विगतमा सफलताको दर ६५ प्रतिशत रहेकामा अहिले बढेर ८८ प्रतिशत पुगेको छ । 

भ्रष्टाचार सामाजिक प्रणालीको रुपमा स्थापित हुन लागेकाले जबसम्म यसमाथि राज्यले निर्मम प्रहार गर्ने सामथ्र्य राख्दैन तबसम्म सुशासनको कुरा निरर्थक हुने आयोगका निमित्त प्रमुख महेश पाण्डेयले बताए ।