
सुदूरपश्चिमबाट एकै दिन ४ सय ५८ कोरोनासंक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशबाट एकै दिन ४ सय ५८ जना निको भएर घर फर्किएका छन् । यो पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा बढी कोरोना संक्रमित डिस्चार्ज भएका हुन ।

