धनगढीमा मोटरसाईकल ठोक्किदा दुई जना घाईते
 
acident

धनगढीमा मोटरसाईकल एकआपसमा ठोक्किदा दुईजना घाईते भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर १३ को मोहनपुरमा पश्चिमबाट पूर्व जादै गरेको लु ६०प ८९१० नम्बरको मोटरसाईकल र विपरीत दिसाबाट आइरहेको से६ प ९३९० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुईजना घाईते भएका हुन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाईते हुनेमा लु६०प ८९१० नम्बरको मोटरसाइकल चालक धनगढी १३ का २४ वर्षीय रामचन्द्र चौधरी र अर्को मोटरसाइकल चालक गौरीगंगा नगरपालिका ४ का ३१ वर्षीय पदम बडैला रहेका छन्। चौधरीको अवस्था गम्भीर रहेको छ प्रहरीले जनाएको छ। उनीहरु दुवैजनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।