 
सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या चार हजार २८ पुगेको हो ।
 
 त्यसमा सवैभन्दा वढी कैलालीमा रहेका छन् । कैलालीमा संक्रमितको संख्या नौँ सय ५४ रहेका छन् । त्यसैगरी अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ८६, कञ्चनपुरमा चार सय ६३, डडेल्धुरामा दुई सय ९५, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७३ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ ।
 संक्रमित मध्ये झण्डै एक हजार ६ सय ७० सय डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ । शनिवार मात्रै सुदूरपश्चिममा १९ जनामा कोरोना पुष्टि भएको थियो । डडेल्धुरा प्रयोगशालामा ११ र धनगढी प्रयोगशालामा ८ गरी १९ जनामा कोरोना पुष्टि भएको थियो । 
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
