
अछाममा घरभित्र पसेको चितुवा मृत अबस्थामा फेला परेको छ। जिल्लाको साफेबगर नगरपालिका वडा नम्बर ५ नवाठाना छडामा स्थानीय कैलाश कुँवरको घरमा बिहान ४ बजेतिर कुकुरलाई आक्रमण गर्न खोज्दा पसेको चितुवा मृत फेला परेको हो।

घर भिज्ञ पसेको ७ घण्टा पछी चितुवा मृत अवस्थामा फेला परेको हो। स्थानीय बासिन्दाका अनुसार यस क्षेत्रमा केहि बर्ष पहिले चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको थियो। मृत चितुवालाई बन कार्यालय अछामको टोलीले मुचुल्का तयार पारी कानुनी प्रकीया अनुसार गाड्ने बताइएको छ।
