 
पश्चिम सेती निमार्णको काम अगाडी बढाउनका लागि दबाब दिने उद्देश्यले डोटीको सेती नदीको पुल माथि टुकी बालिएको छ । पश्चिम सेतीको निर्माण कार्य अगाडी बवढाउनका लागि दबाब दिदैं आएको बोलन्या थलीले डोटीको दिपायल सिलगढी नगरपालिका स्थित सेती नदीको पुलमाथि ७ सय ५० टुक्की बालेर सरकारको विरोध गरेको छ ।
 
 
 
आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ? आजको रोगलाई त जितौला भोलीको भोकलाई के गरौला ? रिभर्स “माईग्रेसनको व्यवस्थापन गरौँ, पश्चिम सेती लागु गरौँ भन्दै दिउँसै ७ सय ५० टुक्की बालेर सरकारको खोजी गरिएको हो । बोलन्या थलीकोको आयोजना नेपाल उद्योग बाणिज्य संघ डोटी र होटल व्यवसायी संघको समन्वयमा आज दिउँसो १२ बजे ७ सय ५० टुक्की बालेर सरकारको खोजी गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।
 
 बझाङ, बैतडीको ढुंगाढ र डोटीको बिच भागमा पर्ने तलार क्षेत्रमा निर्माण हुने भनिएको ७५० मेगावाटको पश्चिम सेतीको बेला बेलामा चर्चा हुने गरेको भएपनि कार्यान्वयन भने अझै हुन सकेको छैन । यस अघि पनि काठमाण्डौँको माईतीघर मण्डलामा पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा ढिलाइ भएपछि नागरिक स्तरबाट माइतीघर मण्डलमा ‘आश्वासन अति भो, धैर्य गर्ने कति होरु, आश्वासनका २२ वर्ष पश्चिम सेती कहिले बन्छरु, हिजो आशा म¥यो, आज जवानी मर्दैछ, भोली सपना मर्नेछ लगायत नारा सहित कचौरा लिएर प्रदर्शन, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र सङ्गीत संघर्ष कार्यक्रम बोलन्या थलीले गरिसकेको छ ।
 
 यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूरपश्चिम प्रदेशबाट १ लाख चिठ्ठी सङ्कलन समेत गरिएको थियो । पश्चिम सेती निमार्णको लागी दबाब आफू निरन्तर अघि बढ्ने बोल्या थलीका संयोजक जोशीले बताए । यस लगत्तै ७५० डोका सहित डोटीमा प्रदर्शन र ७५० नागरिक ७५० मिनेट अनशन  बस्ने समेत जोशीले बताए ।
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
