
बाजुरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका वडा नम्वर ३ मा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता तथा दानबहादुर रोकायाका अनुसार मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका वडा नम्वर ३ मेलढुस्काका ७२ बर्षिया शिव बोहोरा रहेका छन् ।

मेलढुस्का काप्कोट सडकको बिचमा गोरु चराउन गएका बेला पहिरो पुरिएर मृत्यु भएको प्रहरी निरीक्षक रोकायाले बताए । थप अनुसन्धानका लागि प्रहरीको टोली घटना स्थलमा पुगिसकेको प्रहरीले जनाएको छ ।
