
सुदूरपश्चिमकी चेली मनिषा गुरुधामीले अन्तराष्ट्रिय महान शान्ति पुरस्कार जितेकी छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ नयाँ तिलकपुरमा रहेको बैजनाथ भेटेरिनरी प्राविधिक माध्यमिक विद्यालयमा अध्ययनरत गुरुधामीले अन्तर्राष्ट्रिय महान् शान्ति पुरस्कार जितेकी हुन्।

जापानामा आयोजना भएको अन्तर्राष्ट्रिय बालचित्र डायरी प्रतियोगितामा उनी प्रथम भएकी हुन्। कक्षा ७ मा अध्ययनरत गुरुधामी ११ वर्षकी छन्। उनले यसअघि पनि चित्रकला प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गरेकी थिइन्।
