 
बैतडी प्रहरीले नेत्रविक्रम चन्द ’विप्लव’का कार्यकर्तालाई भन्दै पक्राउ गरेको युवक आफ्नाे पार्टीकाे कार्यकर्ता नभएको विप्लव समुहले स्पष्ट पारेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ ले दोगडाकेदार गाउँपालिका –६ सित्तडका ३२ वर्षीय करन ऐरी आफ्नो पार्टीको कार्यकर्ता नभएको जनाएको छ।
 
 विज्ञप्तिमा भनीएको छ, ‘प्रहरी टोलीले हाम्रा पार्टीका कार्यकर्ता देखेर स्थानीय जनता पनि त्रसित गर्ने गरी गोली प्रहार गरेर स्थानीय करन ऐरीलाई गिरफ्तार गरी राज्यले युद्ध घोषणा गरेको छ। उक्त निन्दनिय घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
साथै विप्लव बैतडीले पक्राउ परेका युवकलाई रिहाई र गोली प्रहार गर्ने प्रहरीलाई कारवाहीको माग गरेको छ। यदी त्यसो नगरे आफ्नो पार्टीले जनकारवाही गर्ने समेत उसले चेतावनी दिएको छ। प्रहरीले भने पक्राउ परेका ऐरी विप्लव समूहका गाउँकमिटी सदस्य रहेको बताएको छ।
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
