बिपीनको रिहाईका लागी पहल भएको छ– परराष्ट्रमन्त्री राणा
 
dd

परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेको बताएकी छन् ।

शुक्रबार नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनको धनगढीमा उद्घाटन गर्दै परराष्ट्रमन्त्री राणाले सरकारले बिपिनको रिहाईका लागि शक्दो प्रयास गरिरहेको बताईन् । हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइका लागि सकेसम्मको मेहनत गरेरहेकी छ। सबै क्षेत्रमा पहल भईरहेको उनको भनाई छ । भाग्यमा पनि भर पर्छ । हाम्रो चाहाना विपीन सकुशल फर्केर आउन् भन्ने रहेको उनले बताइन ।

कार्यक्रममा उनले सामाजिक सञ्जालमा देशको नकरात्मक चित्रण गर्ने कुरा चुनौतिको रुपमा रहेको बताइन् । पछिल्लो समय सामाजिक सञ्जालमा देशमा केही भएको छैन् भनेर नकरात्मक प्रचार मात्रै भइरहेको भन्दै देउवाले चिन्ता ब्यक्त गरिन् । देशमा केही नभएको होइन् धेरै काम भएको छ । बाहिरी देशले हेर्ने दृष्टिकोण पनि राम्रो हुदै गएको उनको दावी छ ।


नेपाली कांग्रेसको नीति मार्गदर्शन देश बनाउने भएको बताउँदै सबै नेता कार्यकर्तालाई सकरात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरिन् । उनले राजनीतिबाट मात्रै परिवर्तन ल्याउन सकिने बताउँदै आ–आफ्नो क्षेत्रबाट कर्तव्य पूरा गर्नुपर्ने बताइन् । नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टको सभापतित्वमा भएको जिल्ला सम्मेलनमा जिल्लाभरका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको छ ।