
सुदूरपश्चिम प्रदेशमा चार महिनाको अवधीमा भ्रष्टाचार सम्बन्धी तीन सय ३५ उजुरी परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि मंसिर २० गतेसम्म तीन सय ३५ उजुरी परेका हुन्।
कार्यालयका अनुसार साउनमा सबैभन्दा धेरै ११४, भदौमा ८३, असोजमा ५१, कार्तिकमा ५९ र मंसिरको २० दिनमा २८ उजुरी परेका छन्। विभिन्न माध्यमबाट प्राप्त ती उजुरीमाथि जाँचबुझ भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले जनाएको छ।
