प्राकृतिक स्रोत तथा वित्त आयोगले सुदूरपश्चिम प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन
 
pratibedan pradesh pramukh

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई आर्थिक वर्ष २०८०(८१ को वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष बालानन्द पौडेलले आज प्रदेश प्रमुख मियाँलाई प्रतिवेदन बुझाएकाहुन् ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८०८१ मा आयोगले सम्पादन गरेको सुदूरपश्चिम प्रदेश र यस प्रदेशमा रहेका स्थानीय तहसँग सम्बन्धित काम कारबाहीहरु समावेश गरिएको छ। प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले प्रतिवेदनमा उल्लेख भएका विषयहरुबारे प्रदेश सभामा छलफल हुने बताए । उनले प्रतिवेदन कार्यान्वयनका लागि मुख्यमन्त्रीमार्फत् प्रदेश सभामा पठाउने उल्लेख गरे । 

यसैगरी, प्रतिवेदनमा औंल्याइएका विषयवस्तुलाई कार्यान्वयनमा लैजान सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नु प्रदेश प्रमुखको जोड थियो । सो अवसरमा आयोगका सदस्य विपिन निरौलासहित वरिष्ठ तथ्याङ्क अधिकृत दिनेश भट्टराई, उपसचिव लेवन काश्यप अधिकारी, प्रदेश प्रमुखको कार्यालयका सचिव, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।