धनगढीका पत्रकार विवेक नागरीलाई ज्यान मार्ने धम्की
 
.;fdlsjgoky

धनगढीका पत्रकार विवेक नागरीलाई ज्यान मार्ने धम्की दिएको छ। एभिन्युजका पत्रकार विवेक नागरीलाई विनोद चेमजुङले ज्यान मार्ने धम्की दिएका हुन् ।  टेडी टूर एन्ड ट्राभल्सका कर्मचारी विनोद चेमजुङले पत्रकार नागरिकलाई समाचार लेखेकै कारण गालीगलौच गर्दै ज्यान मार्ने धम्की दिएका छन्। नेपाली मजदुरलाई भारतको पलियामा अलपत्र छाडेको समाचार प्रकाशित गरेपछि पत्रकार विवेक नागरिलाई टेडी टूर एण्ड ट्राभलका कर्मचारी चेमजुङले ९८४८६३७११७ नम्बरको मोबाइलबाट मङ्सिर ५ गते मध्यराति ११:५ बजे धम्की दिएको थिय ।

फोनबाट पत्रकार नागरिकलाई समाचार लेखेको विषयमा अपशब्द बोल्दै ज्यान मार्ने धम्की दिएको हो । पत्रकार नागरिकले जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी समेत दिएका छन्।  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता कविन्द्र बोहराले पत्रकारलाई धम्क्याउने चेमजुङलाई खोजी कार्य तीव्र पारिएको बताएका छन् ।