बाढी–पहिरो लगायत विपदमा परी सुदूरपश्चिममा १५ जनाको ज्यान गयो
 
ss

विरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १९० जनाको मृत्यु भएको छ ।

विपद्मा परी काठमाण्डु उपत्यकामा ३, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा ८, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी १९० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

मंगलबार नेपाल प्रहरीले जारी गरेको तथ्यांकअनुसार काठमाण्डु उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी २३८ जना घाइते भएका छन् ।

काठमाण्डु उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ५ गरी ११४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा २, मधेश प्रदेशमा १, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा १, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १ गरी ४९ जना बेपत्ता भएका छन् ।

बाढीका कारण जम्मा ३८४ घर डुबानमा परेका छन् भने ३२७ वटा घर, ११२ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्मा परी ८५२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ८१९ घर परिवार विस्थापित भएका छन् ।