यातायात व्यवस्था कार्यालय कैलाली र कञ्चनपुरमा झण्डै दुई वर्षदेखि ‘लाइसेन्स’ वितरण ठप्प, सेवाग्राही समस्यामा
2024/05/06, 3:22
 
ss

कैलाली र कञ्चनपुरका यातायात व्यवस्था कार्यालयमा झण्डै दुई वर्षदेखि ‘लाइसेन्स’ वितरण ठप्प हुँदा सेवाग्राही समस्यामा परेका छन् ।यातायात व्यवस्था कार्यालयहरुबाट नयाँ तथा नविकरणका लागि सबै प्रक्रिया पूरा गरेका सवारी चालक अनुमति पत्र आउन बांकी छ । दुई बर्ष देखी लाइसेन्स कार्ड प्रिन्ट हुन बांकी हुँदा सेवाग्राही समस्यामा परेका हुन् । सवारी चालक अनुमतिपत्र नआएपछि यातायात कार्यालयले लाइसेन्सको विवरण प्रिन्ट गरेर दिने गरेको छ । त्यसकै आधारमा सवारी साधन चलाउन सकिन्छ । तर त्यो पनि च्यातिने गरेका कारण समस्या हुने गरेको छ । कार्यालयहरुले अहिले पनि लाइसेन्सका लागि लिखित तथा ट्रायल लिने काम गरिरहका छन् ।

तर लाइसेन्स समयमै दिन नसक्दा भने सेवाग्राही नै मारमा परेका छन् । झण्डै एक वर्षअघि सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० नवीकरणका लागि आवेदन दिएका कैलालीका बिराज जोशीले चालक अनुमतिपत्र प्राप्त गरेका छैनन् । राजस्व तिर्नेदेखि सबै प्रक्रिया पूरा गर्दा पनि अहिलेसम्म नपाइएको बताए । यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख नरेन्द्र शाहले २० महिना देखी सवारी चालक अनुमति पत्र आउन बांकी रहेको बताए । डिजिटल कार्ड सकिएका कारण नयाँ तथा नविकरण गर्नुपर्ने लाइसेन्स विभागबाटै लाइसेन्स प्रिन्ट हुन नसकेको र अहिले छपाईको काम भएकाले छिट्टै आउने बताएका छन् । उनका अनुसार २०७९ साउन देखी यातायात व्यवस्था कार्यालय धनगढीका ४० हजार नयाँ तथा नविकरणका लागि लाइसेन्स कार्ड आउन बाँकी रहेको बताए ।

कञ्चनपुर बेलौरीका गोकर्ण उपाध्यायलाई सोधपुछ गर्न यातायात व्यवस्था कार्यालय कञ्चनपुर महेन्द्रनगर पुग्न उनलाई एक दिन पुरै लाग्ने र सोधपुछकै लागि तीनरचार पटक आइसकेको बताए । यसो गर्दा एक वर्ष हुनै लाग्दा सोधपुछकै लागि आउदा समेत नवीकरण भन्दा बढी खर्च भइसकेकोमा अझै लाइसेन्स नआएको उनले बताए ।८ महिनाअघि लिखित र ट्रायल पास गरेका बेलडाँडी गाउँपालिका–५ का सीताराम रानाले पनी हालसम्म लाइसेन्स पाएका छैनन् । यातायात कार्यालयले पास गरेको विवरण कागजमै प्रिन्ट गरेर दिन्छ, तर ट्राफिक प्रहरीले कुनै बेला त्यसलाई नमानेर दुःख दिने गरेको उनले बताए ।

यातायात व्यवस्था कार्यालय महेन्द्रनगरबाट नयाँ तथा नविकरणका लागि सबै प्रक्रिया पूरा गरेका ६ हजार बढी सवारी चालक अनुमति पत्र आउन बांकी छ ।दुई वर्षदेखि लाइसेन्स कार्ड प्रिन्ट हुन बांकी रहेको कार्यालयले जनाएको छ । डिजिटल कार्ड सकिएका कारण नयाँ तथा नविकरण गर्नुपर्ने लाइसेन्स विभागबाटै लाइसेन्स प्रिन्ट हुन नसकेको र नआएको यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका निमित्त प्रमुख तारादत्त भट्टले बताए । ६ हजार बढीको लाइसेन्स नयाँ तथा नवीकरण गर्नुपर्ने भएकाले दिनहु १०र१५ जना सोधपुछ गर्न आउने गरेको उनले बताए । लाइसेन्स दिन नसक्नु प्रमुख समस्या भएकाले जतीसक्दो चाँडो यस समस्या समाधानका लागी पहल गरिरहेको बताए ।

लिखित र ट्रायल पास भएकालाई सुरुमा एक वर्षका लागि परीक्षणकालिन लाइसेन्स दिइन्छ । अहिले उक्त समयावधि सकिएकालाई पास भएको विवरण प्रिन्ट गरेर प्रमाणका रुपमा दिने गरेको उनले बताए । त्यो पनि च्यातिने गरेका कारण सेवाग्राहीलाई समस्या हुने गरेको छ ।