मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन नाउपाका २ मन्त्रीलाई ह्विप
2024/05/03, 2:00
 
ss

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन २ मन्त्रीलाई ह्विप जारी गरिएको छ । 

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापाको नाममा ह्विप जारी गरेको हो ।

मन्त्रीद्वय चौधरी र थापा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका मानिन्छन् ।