कञ्चनपुरमा भारतीय नागरिकले दसगजाबाट माटो लैजादा विवाद
 
ss

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा नेपाल–भारतको सिमानामा भारतीय नागरिकले दसगजा क्षेत्र बाट माटो ओसारपसार गर्दा बिबाद उत्पन्न भएको छ। जिल्लाको बेलौरी नगरपालिका १० भुडाको दर्सी खल्लामा पिलिभित जिल्ला कम्बोजनगरका भारतिय नागरिक अनुप सिहले घर भरानका लागि सिमाको दसगजा बाट माटो लैजादै गर्दा बिबाद श्रृजना भएको हो।

ससस्त्र प्रहरीले रोक्दा अवस्था सामान्य( नेपाल भारत सिमानाबाट माटो भारत तर्फ लैजादै गर्दा केही स्थानीयले देखेपछी नेपाल स्थित सशस्त्र प्रहरी बल लाई खबर गरेपछी माटो लैजाने कार्य बन्द भएको छ। ससश्त्र सिमा बल बिओपी भुडाका प्रमुख ससश्त्र प्रहरी निरीक्षक खेमराज जोशीको नेतृत्वमा गएको टोलिले भारतिय सिमा सुरक्षा बल एस एस बि संगको सहकार्यमा सो कार्य रोकिएको छ। भारतीय सिमा सुरक्षा बल ९एसएसबी० कम्पनी कमान्डर प्रहरी निरीक्षक आइ जमिर र नेपालका तर्फबाट ससस्त्र सिमा सुरक्षा बल भुडाका बिओपि प्रमुख जोशीको प्रयासमा सिमामा माटो उत्खनन कार्य रोकिएको हो । कञ्चनपुरको दक्षिणी क्षेत्र सिमा विवादले परिचित रहेको छ ।

बेल्डाडी गाउँपालिकाको वडानम्बर ५ झिलमिला देखि कञ्चनपुर कैलालीको सिमा डोके बजार सम्म सिमा विवाद कायम रहेको छ । सिमा बिबाद हुँदा स्थानीय मर्कामा पर्ने गरेका छ्न । नेपाली भुमिमा बेलाबेला भारतिय पक्षले नापजाँच गर्ने सिमा पिल्लर सार्ने कार्यले सिमाका बासिन्दा त्रसित बनेका छ्न । नेपाल भारत खुला सिमा भएकाले यो बिबाद उत्पन्न भएको सिमाका बासिन्दा बताउने गर्दछ्न । केही महिना अघि बेलौरी नगरपालिका–१० भुडामा भारतीय सीमा सुरक्षाबल एसएसबीले हातहतियार सहित सीमा नापजाँच गरिरहेको अवस्थामा स्थानीयले फिर्ता पठाएका थिए ।

त्यसको केहि दिनपछि पट्रोलिङ गरिरहेका बेला उक्त क्षेत्रमा दुबै देशका सीमा सुरक्षा बलका प्रतिनिधि हरु पुनस् सिमाङ्कन गरिरहेकोमा स्थानीयले विरोध जनाएका थिए । “नेपालको भूमिमा एकलौटि ढँगले नापनक्सा गरिरहेको अवस्थामा उनिहरुलाई स्थानिय मिलेर फिर्ता पठाइएका थियौ’ स्थानीय गोपाल पन्तले भने ‘ भारतको तर्फबाट एसएसबीले ३५ देखि ३४ सम्म मिसिङ पिलर खोज्ने, सिमा नक्साङ्कन भन्दै फेरि नापजाँच गर्ने गर्दछ उत्त कुराको स्थानियले सधैव बिरोध गर्ने गर्द्छ । हामी हाम्रो देसको नक्सा हाम्रो जमिन बचाउन जे पनि गर्न तयार छौ ।’ पन्तले भने उनले सयौ बिगाहा नेपालको जमिन, सिचाइको नहर, हुलाकी सडक, पर्यटकीय प्याराताल भारतमा पर्ने गरि बनाइएको स्ट्रिप नक्साको बहानामा नेपालको भमि भारतमा गाभ्ने कार्य भइरहेकोले यथासिघ्र रोक्न सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका छन ।