डेल्धुराका एक जना लागूऔषधसहित पक्राउ परेका छन्। अमरगढी नगरपालिका-२ चालिसे मोड नजिकबाट ०.४९५ किलोग्राम लागूऔषध (चरेश)सहित अमरगढी नगरपालिका-४ का ४३ वर्षीय कमल गुरुङ शुक्रवार दिउँसो पक्राउ परेका हुन्।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनले प्रयोग गरेको से.७ प. ३६१५ नम्बरको मोटरसाईकलको दाहिने लेकगार्डमा झुण्डाई लुकाई छिपाई राखेको चरेस फेला पारी उक्त पदार्थ र मोटरसाईकल सहित गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/05/13, 11:21
2020/09/10, 10:03
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/10/03, 7:34