
चोरी मुद्दामा फरार रहेका धनगढीका दुई युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ का २० वर्षीय बिक्की भनिने बलराम राना र २१ वर्षीय नरेश राना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरुलाई अदालतले २०७९ भाद्र २८ गते ५ महिना ४ दिन कैद र ५ हजार रुपैयाँ जरीवाना तोकेको थियो । सोही दिनबाट फरार रहेका दुबै जनालाई पक्राउ गरी अदालत पठाएको कैलाली प्रहरीले जनाएको छ ।
