काठमाडौंबाट बाजुरा आउँदै गरेको बस दुर्घटनामा परेको छ । बिहीबार राति करिब १० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ गैरेपेट्रोल पम्प नजिकै काठमाडौंबाट बाजुरा आउँदै गरेको सुप्रप ०१–००१ ख ३४८० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर संग ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जनाएको छ । बसमा चालकसहित ३५ जना सवार थिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने १६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको रूपन्देहीको देवदह मेडिकल कलेज, चौराह हस्पिटल बुटवल र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले टिपर चालक सुनवल नगरपालिकाका २८ वर्षीय सुनिल दर्जीलाई नियन्त्रणमा लिएको छ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48