भौतिक पुर्वाधार विकास मन्त्रालयद्धारा धनगढीको मुहार फेर्ने १९ सडक निर्माणका लागि टेण्डर आव्हान
 
ss

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मनत्रालयले धनगढीको मुहार फेर्ने बिभिन्न सडकहरुको निर्माण सम्पन्न गर्न ठेक्का आव्हान गरेको छ । धनगढीका १९ ओटा सडकहरुको पहिलो चरणमा निर्माण सम्पन्न गर्न ६ वटा प्याकेजमा ठेक्का आव्हान गर्दै सडकको कालोपत्र पिच, ढल निकासको काम अगाडी बढाउने भौतिक पूर्वधार विकास मन्त्रालयले जनाएको हो । यस वर्ष बहुवर्षीय आयोजनाका रुपमा पहिलो चरणमा निर्माण सम्पन्न गर्न ६ वटा प्याकेज अन्तरगत काम अघि बढ्ने भौतिक पूर्वधार विकास मन्त्रालयको सचिवालयले जनाएको छ।

जसका लागि ६१ करोडको बजेट छुट्यार्इएको छ । प्याकेज १ अनुसार धनगढी वडा न ४ को रातोपुल, टेम्पल रिसोर्ट, शिवपुरी, तुल्सीचोक हुदै भगवती टोल सम्मको सडक रहेको छ । यस्तै धनगढी वडा न ३ को वाणिज्य बैक,विशालनगर,जनता आधारभूत विद्यालय, विरेन्द्र चोक हुँदै रिङ्गरोड जोडने सडक, नेशनल मार्ग सडक, धनगढी वडा न २ को मेनरोड रुवस होटल हँुदै बैयावेहडी सडक र पुरानो भन्सार रोड सडकको काम अघि बढ्ने भएको भौतिक पूर्वधार विकास मन्त्रालयको सचिवालयले जनाएको छ। 

यस्तै प्याकेज २ मा ४ सडकको काम अघि बढ्ने भएको छ । जस अनुसार धनगढी वडा न ८ देखि १२ न वडा सम्मको धनगढी गाउँ जुगेडा सडक कालोपत्र, धनगढी वडा न ८ को पुष्पलाल चोक देखि धनगढी गाउँ सम्मकोे सडक, धनगढी वडा न ७ को कैलाली बहुमुखी क्यामपस देखि जाखोरताल सम्मको सडक र धनगढी वडा न १ को त्रिवेणी सडकको काम अघि बढ्ने भएको छ। प्याकेज नम्बर ३ मा धनगढी वडा न ५ नैनादेवि पुरानो हसनपुर सडक,धनगढी वडा न ५ र ३ जोडने सामुदायिक प्रहरी पिपल चौतारा देखि वोराडाँडी हुँदै फाप्ला रिङ्गरोड सम्मको सडक काम अघि बढ्ने भएको छ।

यस्तै, प्याकेज नम्बर ३ अनुसार धनगढी वडा न १३ मैदा मिलदेखि हिमाली टोल, कैलाली गाउँ प्रहरी पोष्ट हुदै ढुंगेबजारसम्मको सडक, धनगढी वडा न १३ राजपुर चोकदेखि पुर्व वडा कार्यालय जाने सडक निर्माण सम्पन्न गरिने बतार्इएको छ। यस्तै प्याकेज ४ मा धनगढी वडा न ११ वहिरा स्कुलदेखि दक्षिणकाली टोल जाने सडक, धनगढी वडा न ४ गठवन्धन चोकदेखि शिवपुरीधाम सम्मको सडक कालोपत्रेगरी निर्माण सम्पन्न हुनेछ।

प्याकेज नम्बर ५ अनुसार धनगढी वडा न ६ मल्लो मटयारी ढुंगेवजार पश्चिम चोक देखि उत्तरकृष्णटोल र एक्ताटोल हँुदै लक्ष्मीनगर जानेबाटो कल्भर्ट र नाली निर्माण सडकको काम सम्पन्न हुनेछ । धनगढी वडा न ४ शहिदगेट,शिवपुरी, न्यूरोड सडक खण्डदेखि कैलालीचोक सम्म सडक कालोपत्रे हुने प्रदेशको भौतिक पूर्वधार विकास मन्त्रालयको सचिवालयले जनाएको छ । 

यस्तै प्याकेज नम्बर ६ अन्तरगत धनगढी उपमहानगरपालिका वडा न २ खप्तड वडीमालिका टोल सडकको निमार्णको काम सम्पन्न हुने बताइएको छ ।  धनगढी उपमहानगरपालिका वडा न २ नन्दलाल पन्तको घरदेखि पुर्व भरत जोशीको घरसम्म पक्की नाला सहित ढल निकास काम सम्पन्न हुने जनाइएको छ । यी सबै सडकहरुको ठेक्का आव्हान भैसकेकाले काम छिट्टै अघि बढ्ने जनाइएको छ