गौरीगंगा नगरपालिकाद्वारा किसानलाई चैते धानको बिउ वितरण
 
ss

कैलालीको गौरीगंगा नगरपालिकाले किसानलाई चैते धानको बिउ वितरण गरेको छ। 

गौरीगंगा नगर क्षेत्रभित्र चैते धान खेती प्रवर्द्धन गर्न इच्छुक कृषकहरुलाई नगरपालिकाको कृषि विकास शाखाले चैते धानको बीउ, सुक्ष्म खाद्यतत्व र जिंक सल्फेट निशुल्क उपलब्ध गराएको हो।

कृषि विकास शाखाको वार्षीक स्वीकृत कार्यक्रम अनुसार चैते धान खेती प्रदर्शन कार्यक्रम अन्तर्गत ८. ५ हेक्टरका लागि चैते धानको बीउ वितरण गरेको नगरपालिकाले जनाएको छ।