मकवानपुरको हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङमा मोटरसाइकलको ठक्करबाट डडेल्धुरा घर भएका प्रहरी जवानको मृत्यु भएको छ ।
ना ४३ प २२२ नम्बरको मोटरसाइकलले बिहान पिटीमा रहेका डडेल्धुरा आलिताल गाउँपालिका(६ घर भई २५ वर्षीय प्रहरी जवान विनोद एडीको मृत्यु भएको हो । बाग्मती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत उनलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । चालक हेटौँडा उपमहानगरपालिका(४ हुप्राचौरका ४१ वर्षीय लक्ष्मण लामा घाइते भएका छन् । उनलाई हेटौँडा अस्पतालबाट थप उपचारका लागि चितवन पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै, प्रहरी जवान नवराज सार्की र विजय खत्री सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/05/13, 11:21
2020/09/10, 10:03
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/10/03, 7:34